हुम्ला आदनचुली गाउँपालिका तत्कालिन प्रशासकीय अधिकृत सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज हुम्लाको आदनचुली गाउँपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी र तत्कालीन लेखापाल दिपक नेपालीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उक्त गाउँपालिकाको वडा नम्बर –३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ आयोजनामा ४२ लाख २९ हजार ३५८ अनियमितता भएको भन्दै आयोगले उनिहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोजनामा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।

उनीहरुले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरेको अख्तियारले जनाएको छ । साथै गरी सोही बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार ३५८ उपभोक्ता समिति लाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्याएको पुष्टि भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.