नवलपरासीमा दुग्ध उत्पादक किसानद्वारा सडकमै दूध पोखेर बिरोध प्रदर्शन

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीमा दूधले बजार नपाएपछि दुग्ध उत्पादक किसानहरुले सडकमै दूध पोखेर बिरोध प्रदर्शन गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. नवलपरासी र चन्द्रोदय बहुउद्धेशयीय सहकारी संस्था, बर्दघाट-१४ चौपत्ताको नेतृत्वमा आज त्रिवेणी चोकमा दुध पोखेर एक घण्टा राजमार्ग अवरोध गरी विरोध प्रदर्शन गरेका हुन् ।

दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएका कारण आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको किसानहरुको भनाई थियो ।

यसअघि पनि पटक-पटक राज्यको ध्यानाकर्षण गराइसक्दा समेत किसानका माग सुनुवाइ नभएपछि बाध्य भएर राजमार्गमा सडकमा दूध पोखेर राजमार्ग नै बन्द गर्नु परेको उनीहरुको भनाइ छ ।

पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुँदै आएको छ । सरकारले दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ ।

पछिल्लो समय निजी तथा सरकारी स्वामित्वका डेरीहरूले किसानको बक्यौता रकम पनि नदिने र किसानले उत्पादन गरेको दूध समेत खरिद नगर्दा किसानहरू दुध फाल्न बाध्य भएका हुन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.