सहायताको पर्खाइमा रहेका प्यालेष्टाइनीमाथि इजरायली आक्रमण, ७० जनाको मृत्यु

एजेन्सी- गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ ।

यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

युद्धविरामको चर्चा चलिरहेको वेला इजरायलले गाजामा अर्को भयानक आक्रमण गरेको हो। यसले युद्ध विरामको आशामा रहेका प्यालेष्टाइनीहरुलाई निराश बनाइदिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.