राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउनै पर्छ भनेर लिखित निर्णय भएको छैन- प्रधानमन्त्री

 

चितवन- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने बिषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताउनुभएको छ ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेपनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताउनुभएको हो ।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सक्ने आफुले केही समयअघि बताएपनि अहिले घटनाक्रमहरु भिन्न तरिकाले अघि बढेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्तामा एक किसिमको असन्तुष्टि बढेको धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षताको कुरा र जनयुद्धको भएका टिप्पणीहरुले केही आशंका उत्पन्न भएको प्रधानमन्त्रीको भनाइ थियो ।

अर्को एक फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले भरतपुर विमानस्थल विस्तार गर्नका लागि संघीय सरकारबाट प्रक्रियागत सबै निर्णय भइसकेको जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.