सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रमणः सय बढीको मृत्यु

काठमाडौं- गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा सय भन्दा बढीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

इजरायली बमबारीमा सय जनाको ज्यान गएको र अरु कैयन घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ । मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ । यद्यपि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

तीस हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको सङ्ख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बताएका छन् ।

गत २४ घन्टामा इजरायली लडाकू विमान र तोपखानाले गाजापट्टीका विभिन्न क्षेत्रमा गरेको आक्रमणका कारण दर्जनौँको मृत्यु भएको र गाजास्थित अस्पतालमा लगिएको स्रोतले सिन्ह्वासँग बताएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको सङ्ख्या ३० हजारभन्दा बढी पुग्नुका साथै ७० हजारभन्दा बढी घाइते भएको बताइएको छ ।

सात अक्टोबर २०२३ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा करिब एक हजार २०० मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.