प्रतिकुल अवस्थामा पनि साथ दिनुभयो,म सफल भएँ

काठमाडौँ- फागुन २० गते राष्ट्रिय सभामा २० सांसदको कार्यअवधि पुरा हुँदै छ । ती मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आफ्नो छ बर्षे कार्याकाल सकाएर विदा हुँदै हुनुहुन्छ ।

कार्यकाल सकिँएर बिदा हुन लाग्नु भएका अध्यक्ष तिमिल्सिनाले आफ्नो अध्यक्षतामा आज बसेको बैठक नै  कार्यकालको अन्तिम बैठक भएको जानकारी गराउँदै आफ्नो कार्यकाल सफल भएको दावी गर्नु भयो ।

कार्यकालको अन्तिम बैठकमा अध्यक्ष तिमिल्सिनाले एकदमै प्रतिकुल अवस्थामा पनि सांसद र संसद सचिवालयका कर्मचारीहरुले दिएको साथ सहयोगले आफु सफल रहेकोमा योगदानको सधै स्मरण गर्ने बताउनु भयो ।

‘एकदमै प्रतिकुल अवस्थामा पनि तपाईंहरुले साथ दिनुभयो । र म सफल भएँ । मलाई यो जिम्मेवारीमा रहँदा एउटा चुनौती थियो । राजनीीतक पार्टीको एउटा खरो कार्यकर्ता निर्वाचित भएर यो ठाउँमा आउँदा यो कुर्सीको गरिमा निष्पक्ष अझ तटस्थ भएर भूमिका निर्वाह गर्न सक्छु कि सक्दिनँ कतै सकिनँ भने पदीय गरिमामा आँच आउनेछ । व्यक्ति केही पनि होइन तर त्यो पदीय गरिमा बचाउनु सबैभन्दा महत्वपूर्ण हो भन्ने मलाई चुनौती थियो तपाई हरुको साथ सहयोगले नै म सफल भए। उहाँले भन्नु भयो ।

उहाँले सरकार चलाउने कुरामा होस वा सदन चलाउने प्रत्येक जिम्मेवारीमा अब आउने नेतृत्वले अघिको भन्दा अझ बढी प्रगति गर्नु पर्ने भन्दै निर्वाचित भइ सपथग्रहरण पर्खिएर बस्नु भएका १९ जना राष्ट्रिय सभा सदस्यहरुलाई थप राम्रो गर्न आग्रह गर्नु भयो ।

२०७४ फागुन ३० गते तिमल्सिना राष्ट्रिय सभा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको थियो । २०७५ असारमा कार्यकालका बाँडफाँटमा चिठ्ठामा उहाँलाई ६ बर्षे कार्याकाल भागमा परेको थियो । यसबीचमा अध्यक्ष तिमल्सिनाले १५ वटा अधिवेशनको नेतृत्व दिनुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.