नेपाल टेलिभिजनका क्यामराम्यान कुमार शर्मालाई मातृशोक
काठमाडौँ- नेपाल टेलिभिजनका क्यामराम्यान कुमार शर्मा अर्याललाई मातृशोक परेको छ । उहाँकी आमा खुश्मकुमारी अर्यालको ९५ बर्षको उमेरमा हिजो साँझ काठमाडौ धुम्रबाराही स्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँ लामो समयदेखि उच्च रक्तचाप लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको हिजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय अर्यालका तीन छोरी र एक छोरा हुनुहुन्छ ।
यसैबीच नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखा, नेपाल टेलिभिजन कर्मचारी संघ र नेपाल टेलिभिजन कर्मचारी युनियनले शोक विज्ञप्ति जारी गरी स्वर्गीय अर्यालको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्