अनुसन्धान कार्यमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको आग्रह

काठमाडौँ-  चितवनको रत्ननगर १० को एक छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालीन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन प्रहरी आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक विज्ञाप्ति मार्फत घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको  जनाएको छ। । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको प्रहरीले जानकारी दिएको हो ।

फागुन १२ गते बिहान १०:३० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल सोही बोर्डिङ स्कुलको होस्टेलको अन्य साथीहरू सहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.