आर्थिक गतिविधि चलायमान हुँदै देश समृद्धितर्फ अगाडि बढ्न सुरुः अर्थमन्त्री

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको राजश्व १० प्रतिशले वृद्धि भएको दावी गर्नुभएको छ । अर्थमन्त्री महतले नेपालमा अर्थतन्त्रका सर्वसूचकहरु उचित स्थानमा उक्लिएको र यसले देशको आर्थिक अवस्थामा सुधार आइरहेको बताउनुभयो ।

नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका–१ शेरास्थित बेलकोटभञ्याङ माविको स्वर्ण जयन्तीको उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले देशमा आर्थिक तथा विकासका विभिन्न गतिविधि चलायमान हुँदै नेपाल अब समृद्धितर्फ अगाडि बढ्न सुरु भएको बताउनुभयो ।

उहाँले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको र कसैलाई पनि नअत्तालिन आग्रह गर्नुभयो । आफू आउँदा आठ प्रतिशत रहेको मुल्यवृद्धि दर अहिले साढे छ प्रतिशतमा सीमित भएको अर्थमन्त्री महतको भनाइ छ ।

‘अब अर्थतन्त्र उचित बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझै बढ्ने निश्चित छ’- अर्थमन्त्री डा. महतले भन्नुभयो ।

‘आत्मविश्वास जगाऔं, विचार पुर्‍याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । जुन क्षेत्रमा प्रतिफल वढि आउँछ, त्यसैमा लगानी गर्दा उपयुक्त हुने र उत्पादन तथा रोजगारी बढेपछि राजश्व बढ्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो– ‘अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ, सबैको पालो आउँछ, यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ ।

‘आगामी बैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन धेरै कोसिस गरिने छ । असारमा हुने विश्व बैंकको ठूलो सम्मेलन पनि नेपालमा नै आयोजना गर्न लागेका छौ ।’- उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.