बुद्धको शिक्षा विश्वव्यापी बनाउन ध्यान दिवस घोषणा गराउन पहल गर्छु: गृहमन्त्री

रुपन्देही-बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन आईतबारदेखि शुरू भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहका विच तीन दिने त्रिपिटक (पाठ) को उद्घाटन गर्नुभएको छ ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा गहृमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताउनु भयो ।

उहाँले मेडिटेशनलाई गृहमन्त्रालयले शुरुवात गरिसकेको समेत बताउनु भयो । उहाँले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरुपान्तरणले मात्रै सुशासन र अपराध न्यूनिकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने बताउनु भयो ।

उहाँले गृहमन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान शुरुवात नै गरिसकेको बताउदै अब कारागारहरुमा पनि ध्यानविधि शुरुवात गराउने अभियानमा रहेको बताउनु भयो । गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतमबुद्धको शिक्षाको भण्डार भएको बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धको दर्शन र विचारलाई विश्वले अंगिकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताउनु भयो । उहाँले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरुको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताउनु भयो ।

त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलंका, थाइल्याण्ड तथा म्यानमारबाट समेत पाहुनाहरुको उपस्थिती रहेको थियो । तीन दिने पाठमा भारतका बैद्ध तिर्थस्थल बोदगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी सहित देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिती रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.