इजरायल र हमासबीच आजदेखि छ हप्ते युद्धविरामको सम्भावना

काठमाडौं- गाजामा नयाँ युद्धविरामको पहलका लागि वार्ता गर्न मध्यस्तकर्ता तथा हमासका नेताहरु इजिप्टको राजधानी कायरो आइपुगेका छन् । वार्तामा वस्नुअघि इजरायलले भने बन्धकहरुको अवस्थाका बारेमा विस्तृत जानकारी माग गरेको छ ।

सम्भवत आजैबाट लागू हुने अनुमान गरिएको ६ हप्ताको युद्धविरामको प्रस्तावमा इजरायल लगभग सहमत भइसकेको एक अमेरिकी अधिकारीले बताएका छन् । तर इजरायली संचार माध्यमहरुले भने हमासले कति जना र को को बन्धक जीवित छन् भन्ने पुष्टि गर्न अस्वीकार गरेकाले इजरायल वार्तामा सहभागी नहुने बताएका छन् ।

अमेरिकाले भने ६ हप्ताका लागि तय गरिएको युद्धविराम अवधिमा थप इजरायली बन्धकहरु र प्यालेस्टायनी कैदीहरु रिहा हुने बताएको छ । वार्ताका लागि प्रयास भइरहेका बेला गत बिहीबार १ सय १२ जनाको ज्यान जाने गरी भएको घटनाले चुनौती थपिएको हो । वार्ताका लागि कतार र अमेरिकाका प्रतिनिधि पनि इजिप्टमै रहेको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.