निजामती सेवा प्रवेशको उमेरहद घटाउने प्रस्ताव
काँठमाडौँ- सरकारले निजामती सेवामा प्रवेश गर्ने उमेरहद् घटाउने प्रस्ताव गरेको छ।
सोमबार प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८० मा पुरुषका लागि सेवा प्रवेशको अधिकतम उमेर ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव गरिएको हो। हाल निजामतीमाा सेवा प्रवेशको उमेरहद पुरुष ३५ वर्ष र महिला ४० वर्षसम्म कायम गरिएको छ ।
त्यसै गरी उपसचिव सह सचिव सरहका पदका लागि खुला तर्फ सेवा प्रवेशको उमेरहद पनि ४५ बाट घटाएर ४० कायम गर्न प्रस्ताव गरिएको छ ।
विधेयकमा निजामती सेवामा रहने अर्थात अनिवार्य अवकासको उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ। अहिले ५८ वर्ष रहेकोमा दुई बढी बढाउने प्रस्ताव गरिएको हो
प्रतिक्रिया राख्नुहोस्