सिङ्गापुरले कर्मचारी अवकाशको उमेर ६४ वर्ष पुर्याउँदै

सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गर्नुभएको छ ।
उहाँले पुन: अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पुर्याउने पनि बताउनु भएको छ । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए ।
कुल प्रजनन् दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन् दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्