नवलपरासी सुस्ताबाट ४ सय क्वीन्टल बढि चिनी र केराउ बरामद

पश्चिम नवलपरासीको सुस्ता बाट प्रहरीले ठुलो परिमाणमा अवैध केराउ र चिनी बरामद गरेको छ ।
गएराती शसस्त्र प्रहरीले सुस्ता गाँउपालिका वडा नम्बर १ बरुवामा छापा मार्ने क्रममा ३ सय ८० क्वीन्टल केराउ (मटर) र ४० क्वीन्टल चिनी बरामद गरेको हो ।
३० लाख रुपैयाँ बढिको उक्त समान स्थानिय ज्ञानु अर्यालको घर पछाडी गोदाम बनाएर भण्डारण गरेको अवस्थामा फेला पारेको शसस्त्र प्रहरी २६ नम्बर गणका प्रहरी उपरिक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।
बरामद समान गएराती नै महेसपुर भन्सार कार्यालयमा बुझाईएको छ । उक्त समान आवश्यक प्रक्रिया पुरा गरि लिलामी गरिने भन्सार कार्यालय महेसपुरका प्रमुख वुद्धिकुमार चुडाँलले जानकारी दिनुभयो ।
भारतबाट अवैध रुपमा भित्र्याई सो स्थानमा भण्डारण गरि विक्रि गर्ने गरेको पाईएको छ । खुल्ला सिमानाको फाईदा उठाउदै नवलपरासी बाट चिनी, चामल, धान, केराउ लगायतका खाद्य समाग्रीको तस्करी हुने गरेको छ ।
प्रहरीले तस्करी नियन्त्रणका लागी सिमा क्षेत्रमा कडाई गरेको बताउदै आएपनि तस्करी नियन्त्रण हुन सकेको छैन् । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.