सुदूरपश्चिम प्रदेशमा माओवादीका तीन मन्त्री बर्खास्त, रिक्त्त मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री शाहलाइ

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएकाे छ ।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागीलाई बर्खास्त गर्नुभएकाे हाे ।
बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल हुनुहुन्छ ।
बर्खास्तपछि प्रदेश प्रमुख देवराज जाेशीले साे मन्त्रालयकाे जिम्मेवारी पनि मुख्यमन्त्री शाहलाइ ताेक्नुभएकाे छ ।







प्रतिक्रिया राख्नुहोस्