मन्त्रालय बाँडफाँड र सत्ता संचालनको कार्यविधि तय गर्दै गठबन्धन
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु भएको छ। मन्त्रालयको टुंगो लगाउन, सत्ता संचालनको कार्यविधी तयार गर्न लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको हो ।
सत्ता गठबन्धन कार्यदलले तयार पारेको प्रस्तावमाथि शीर्ष नेताहरुले छलफल गर्ने जनाइएको छ । नेताहरुका अनुसार अहिले शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु बैठकमा हुनुहुन्छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।
यसैगरी, कार्यदलमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि बैठकमा हुनुहुन्छ । आजको बैठकमा मन्त्रालयको बाँडफाँडका साथै सत्ता संचालन कार्यविधिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिनुभएको छ।।






प्रतिक्रिया राख्नुहोस्