जितपुरसिमरामा बस दुर्घटना एक जनाको मृत्यु, चार गम्भीर घाइते

बागमती- पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

मंगलबार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो । धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.