त्रिशुली बस दुर्घटना अपडेटः मृतकको संख्या सात पुग्यो, १० जना गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो

धादिङ- रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने पाँच बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा ३५ जना घाइते भएको हाम्रा धादिङ संवाददाता शिव शिलवालले जनाएका छन् । १० जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौ ल्याइएको छ भने केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बस चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि राम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्नेबारे अझै यकिन नभएको र मृतकहरूको सनाखत नभएको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित उद्धारकर्मी खटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.