गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड, उपेन्द्र यादवले भने मन्त्रीहरुको नाम दिएनन्

काठमाडौँ- सत्ता गठबन्धन दलहरुले आज मन्त्रालयको भागबण्डा टुंग्याएका छन ।
दलहरुबीच कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा केहीवेर अघि टुंगो लागेको हो ।
सहमति अनुसार नेकपा एमालेले ८, माओवादी केन्द्रले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा मन्त्रालय पाउने भएका छन ।
जसमा उपप्रधानमन्त्री तथा गृहमन्त्रालय रास्वपाले पाउने सहमति भएको छ। अर्थ र परराष्ट मन्त्रालय भने माओवादी केन्द्रको भागमा परेको छ ।
मन्त्रालयको टुंगो लागेसँगै दलहरु आन्तरिक छलफलमा छन । र आजै आफ्ना दलका तर्फबाट मन्त्रीहरुको नाम पेश गर्ने र साँझ ५ बजे सपथ ग्रहण गर्ने तयारी भएको छ।
यसैबीच, सत्तारुढ दलहरुमध्येको एक जसपाले भने आज मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई दिन सकेन ।
पार्टीको बैठकमा सरकारमा सहभागिताका बारेमा विवाद भएपछि जसपाले मन्त्रीहरुको नाम टुंगो लगाउन नसकेको हो ।
अब विस्तारित मन्त्रीमण्डलमा एमाले, माओवादी केन्द्र र रास्वपाका तर्फबाट मात्र मन्त्रीहरु समभागि हुने भएका छन ।।






प्रतिक्रिया राख्नुहोस्