आगलागी सम्वन्धि विपद् प्रतिकार्यको संयुक्त अभ्यास (तस्वीर सहित)

काभ्रे- आगलागी भईसकेपछि विपदमा फसेकाहरुको तत्काल उद्दार गर्न नेपाली सेनाको कालीजंग गणको संयोजनमा अभ्यास गरिएको छ ।

नेपाली सेना कालीजंग गणको संयोजन र जिल्ला विपद् ब्यवस्थापन समितिको सहकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एनसिसीका युवाहरु, धुलिखेल अस्पताल, नेपाल रेडक्रस सोसाईटी र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा आगलागी सम्वन्धि विपद् प्रतिकार्यको संयुक्त अभ्यास २०८० गरिएको हो ।

आगलागी सम्वन्धि विपद् प्रतिकार्यको संयुक्त अभ्यास २०८० मा विपदका घटना अन्र्तगत आगलागीका घटनाहरु, यसबाट हुनसक्ने क्षतिको न्युनिकरण, उद्दार अभ्यास, बच्ने उपाय तथा तयारीपन तथा स्थानीय श्रोत तथा साधनहरुको प्रयोगबाट मानविय तथा भौतिक क्षतिहरुलाई न्युनिकरण तथा रोकथाम गर्नका लागि उक्त अभ्यास आयोजना गरिएको हो ।

धुलिखेलको सदरमुकाममा रहेको प्रयोग विहिन सरकारी भवनलाई नेपाली सेनाले काभ्रे कोलोनीका रुपमा अभ्यास गरेको थियो । सुख्खापन बढिरहेको, हावाहुरी चलिरहेका कारण समुदाय तथा घरहरुमा हुन सक्ने आगलागी नियन्त्रण गर्न अपनाउनुपर्ने विधि तथा अभ्यासहरुका बारेमा नेपाली सेना तथा संयुक्त अभ्यास डेमोन्सट्रेशन नभई विपदका बेलामा जो कोहिले विपद् प्रतिकार्य सहजै गर्न सकोस भन्ने हेतुले संयुक्त अभ्यास संचालन गरिएको नेपाली सेना कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नेपाली सेना सहितको संयुक्त अभ्यासले घटनाबाट हुन सक्ने क्षति न्युनिकरण हुन सक्छ’ घरायसी सामानबाट समेत आगलागी नियन्त्रण गर्न सकिने सेनाको अभ्यास र उद्दार टोलीको शशक्त भूमिकाले नागरिकहरुलाई सुरक्षित रहन थप मद्दत पुग्ने बताउनुभयो ।

संयुक्त अभ्यासको अवलोकन गर्न स्थानीय तहका जनप्रतिनिधिहरु, नेपाली सेना उपत्यका पृतना हेडक्वाटरका उपरथी पृतनापति सागरबहादुर थापा, २६ नम्वर बाहिनी भकुण्डेका बाहिनीपति सहायक रथी सुनिल घले लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.