सुनकाे मुल्य एक लाख २५ हजार कायम

काठमाडौँ- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले वृद्धि भई प्रतितोला रु एक हजार ४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.