मुलुकको आर्थिक गतिविधी चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्णः मन्त्री अर्याल

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना गर्नुमा निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेको वताउनु भएको छ ।
विहीवार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको चेम्बर एक्पो २०२४ को उद्घाटन गर्दै मन्त्री अर्यालले निजी क्षेत्रले रोजगारी सिर्जना, आन्तरिक उत्पादन र बजारीकरण, मुलुकको आर्थिक गतिविधी चलायमान बनाउन विशेष महत्व राख्ने धारणा राख्नुभयो ।
सरकारले हरेक अर्थतन्त्रसँग जोडिएका विषयलाई निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको धारणा मन्त्री अर्यालको छ ।
कार्यक्रममा वाणिज्य सचिव नारायण प्रसाद शर्मा दुवाडीले अहिलेको अर्थतन्त्र बिषम परिस्थितीमा रहेका बेला निजी क्षेत्रले आयोजना गर्ने व्यवसायी एक्पोले नेपाली उत्पादनको प्रर्बन्धन हुने धारणा व्यक्त गर्नुभयो ।
यसैबीच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले एक्पोले स्वदेशी व्यवसायीका उत्पादनलाई बजारीकरण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि कोरियाली राजदुत पार्क तेयोङले चेम्बरले अयोजना गरेको एक्पोले नेपाली उत्पादनलार्इ विश्व बजारमा चनाउन मद्दत गर्ने धारणा राख्नुभयो ।
एक्पोमा स्वदेशी तथा विदेशी गरी १ सय ६० स्टल रहेका छन् । जहा स्वदेश तथा विदेशमा उत्पादित सामानहरू अवलोकन र खरिद गर्न सकिने छ । एक्पो आजदेखि आगामी आइतवारसम्म चल्ने छ ।






प्रतिक्रिया राख्नुहोस्