पशुपति दर्शनका लागि कस्तो छ कोषको तयारी ?

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको छ ।

कोषले शिवरात्रिका दिन दर्शनार्थीलाई सहज र सुरक्षित तरिकाले छिटो दर्शनको व्यवस्था मिलाइएको जनाएको छ । पशुपतिनाथको दर्शनका लागि चारै ढोकाबाट लाइनको व्यवस्था गरिएको छ ।

शिवरात्रीका दिन यसपालि करिब १० लाखले दर्शन गर्ने कोषको अनुमान छ । मेलाका लागि स्काउटसहित ६ हजार स्वयंसेवक परिचालन गरिनेछ ।

स्वास्थ्य शिविर, आवास तथा भोजनको नि:शुल्क व्यवस्था गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि तिलगंगा, कोषको कार्यालय, गौशाला प्रहरी, सिफल चौर, गुहेश्वरी गरी पाँच स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थहरुको बिक्री-वितरणमा रोक लगाइएको छ ।

यसपालि दर्शनका लागि कुनै पनि पासको व्यवस्था भने गरिएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.