महाशिवरात्रिको अवसरमा धादिङमा ठुलो मेला

धादिङ – धार्मिक एवं पर्यटकीय महत्व बोकेको धादिङको सिद्धलेक र गल्छी गाउँपालीमा महा शिव रात्रिको अबसरमा ठुलो मेला लागेको छ ।
गल्छी गाउँपालिकास्थित गुप्तेश्वर महादेवको गुफा र शिद्धलेक गाउँपालिकाको ढेवालेकमा मेला लागेको हो ।
शिद्धलेक गाँउपालिकाको शिद्धलेकमा अवस्थित शिद्धेश्वर महादेवको मन्दिरमा र गुप्तेश्वर महादेवको गुफामा आज विहानैदेखी पुजा आजा गर्नेको श्रद्धालु भक्तजनहरुको निकै ठुलो भिड लागेको छ । यि स्थानहरुलाई जिल्लाको आस्थाको देवताको रुपमा पनि मानिन्छ ।
पन्ध्र सय मिटर उचाईमा रहेको शिद्धेश्वर महादेवको मन्दिरमा शिवरात्रिको दिन गई पुजा आजा गरेमा आफुले चिताएको कुरा पुग्ने धार्मिक विश्वास रहेको छ, भने गुप्तेश्वर महादेवको मन्दिरमा गई पुजा पाठ गरी नयाँ दाम्लो चढायर आएमा किसानहरुले पालेको गाई बस्तुहरु राम्रो हुने फस्टाउने भन्ने जन–विश्वास रहेको छ । यसका साथै शिद्धलेकको ढेवा डाँडाबाट रमणी दृष्य अवलोकनकालागि जाने मानिसहरु समेत निकै रहेका छन् ।
धादिङका यि धार्मिक एवं ऐतीहाँसिक सथलहरुमा केही समयता विशेष गरी बुढापाकाको तुलनामा युवा युवतीको भिड लाग्ने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.