आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न कांग्रेसले पहल गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफु नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने भएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहित प्रदेशका नेताहरुको बैठकले आफु नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्ने र अन्य प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सहमहामन्त्री जीवन परियारले सम्भावना बाँकी रहेका प्रदेशमा सरकार जोगाउने बिषयमा छलफल भएको जानकारी दिनुभयो । सातै प्रदेशका बारेमा प्रदेश सभापतिहरुसंग जानकारी लिएको र कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई बचाउने प्रयासलाई जारी राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश सरकारको अवस्थाका बारेमा छलफल केन्द्रीत रहेको र यथार्थ जानकारी लिने काम भएको बताउनुभयो । त्यस्तै सदनमा बिपक्षमा रहेका दलहरुसँग सहकार्य गरेर सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने बिषयमा पनि बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.