प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताउनुभएको हो ।

“यसअघि छोटो समय सरकारको सहकार्यमा गएका थियौँ तर हामी बाहिरियौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामीलाई सरकार चलाउने अवसर पनि मिलेको छैन ।”

उहाँले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.