सरकारले जनआकांक्षा पूरा गर्ने गरी काम गर्नुपर्छः सांसद यादव

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकारको कार्यकाल मुलुक र राष्ट्रका लागि फलदायी होस् भनी कामना पनि गर्नुभयो ।

सांसद यादवले नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्ने थलो संसदको भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाएर लैजानुपर्ने खाँचो औंल्याउनुभयो । अहिले नेता र नेतृत्वमाथि जनताको विश्वासको खडेरी भइरहेको भन्दै उहाँले अहिलेको परिस्थितिलाई ध्यानमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न अनुरोध गर्नुभयो ।

“सहयात्री फेरिएको छ । तर, प्रधानमन्त्री विश्वासको मत पाइरहनुभएको छ । यो बढो रोचक भइरहेको छ । अहिलेको परिस्थिति र जनताको आकांक्षालाई केन्द्रमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दछु”, सांसद यादवले भन्नुभयो ।

सांसद यादवले पार्टीकातर्फबाट विश्वासको मतमा समर्थन जनाउदै सहमति अनुरुप मधेसका मुद्दालाई प्राथमिकता दिन पनि प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.