विश्वासको मतपछि प्रधानमन्त्री ‘जिम्मेवारी थप बढेको छ’

काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहालले २०७९ को निर्वाचनबाट गठित प्रतिनिधि सभाको यो कार्यकालको १४ महिनाको अवधिमा तेस्र पटक विश्वासको मत लिनु भएको छ ।  पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री बन्नु भएका प्रधानमन्त्री पुष्ष कमल दाहालले असाधरण विश्वासको मत पाउनु भएको थियो ।

प्रधामन्त्री प्रचण्डले पहिलो पटक विश्वासमो मत लिदाँ मतदानमा सहभागी २७० सांसदमध्ये २६८ जनाले मत दिनु भएको थियो ।  राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने विपक्षमा मतदान गरेका थिए । प्रधानमन्त्रीलाई प्राप्त यो असाधरण विश्वासको मत नेपालको संसदीय इतिहासमा विरलै हुने घटनाको रुपमा रहन पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिदा २६८ को संख्या घटेर १७२ मा सीमत हुनु पग्यो । दोस्रो पटक विश्वासको मत लिदा उहाँको पक्षमा १७२ जना सांसदको मतदान गर्दा विपक्षमा ८९ मत खसेको थियो ।

आज तेस्रो पटक प्रधानमन्त्रीले विश्वासको मत लिनु भएको छ ।  तेस्रो पटक विश्वासको मत लिदा प्रधानमन्त्रीको पक्षमा १५७ जना सांसदले मत हालेका छन् । विपक्षमा ११० मत परेको  छ।

२७५ सदस्यी प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न १३८ संख्या आवश्यक पर्दछ ।

विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जिम्मेवारी बढेको बताउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी  काँधमा थपिएको उल्लेख गर्दै संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत प्राप्त गरेको प्रतिक्रिया दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.