विश्व मिर्गौला दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं- विश्व मिर्गौला दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।

विश्वभरी नै मिर्गौला रोगको प्रकोप वढिरहेको सन्दर्भमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाउने गरिन्छ ।

नेपालमा प्रत्येक १० जनामा एक जनालाई मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको तथ्याङ्क छ । ४० वर्षको उमेरपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येक वर्ष एक प्रतिशतका दरले ह्रास आउने चिकित्सकहरुले बताएका छन् ।

बढ्दो उमेरसँगै देखिने मधुमेह, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने गर्दछ । उच्च रक्तचाप, मधुमेहलगायतका समस्या नियन्त्रण गरे मात्र मिर्गौलासम्बन्धी रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाइ छ ।

अर्कोतर्फ मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि पालो पाउनै मुस्किल हुने गरेको छ । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरामीले अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यता छ ।

समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गराएमा मिर्गौलासम्बन्धी समस्याबाट बच्न सकिने चित्सकहरुले सल्लाह दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.