मृर्गौला पीडितलाई बेड र पैसाकै अभाव

पाल्पा- आर्थिक हिसाबले खर्चिलो र प्रत्यारोपणको लागि झन्झटिलो मानिने मृगौंला पीडित विरामीलाई उपचारमा आर्थिककै अभाव झेल्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

राज्यले निशुल्क डाइलाइसिस सुविधा त दिएको छ । तर बढ्दो मृर्गौला पीडितको संख्याको तुलनामा उपचारको लागि डाइलाइसिस सेन्टर विस्तार हुन नसक्दा बेड अभाव हुने गर्दछ । निशुल्क डाइलाइसिसका लागि समेत भनसुन गर्नुपर्ने बाध्यता बनेको छ ।

यी दुबै समस्याको अन्तयका लागि तीन तहकै सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा अकालमै ज्यान गुमाउन मृगौला पीडित बाध्य भएको पाल्पाको रिब्दीकोट ६ डबकाकी लक्ष्मी सुनारको भनाई छ ।

मृगौंला रोगको सचेतना र सहज उपचारका लागि सेवाग्राही मैत्री निति तथा कार्यक्रम निर्माणमा तीन तहकै सरकारले बेवास्ता गर्दा मृगौला पिडित विरामी उपचार र आर्थिक दुवैको अभाव खेप्न विवश छन् ।

संघिय सरकारले स्वास्थ्य बिमामार्फत मृगौला पिडितको लागि निशुल्क डाइलाइसिसको व्यवस्था गरे पनि एक वर्ष अघिदेखिको दायित्व करोडौं भुक्तानी रोकिंदा उपचार सेवा दिन समस्या भएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल एवं डाइलाइसि सेन्टर पाल्पाका व्यवस्थापक सुमन कुवाँरले बताउनुभयो ।

राज्यले वर्षेनी खर्बौं बजेट स्वास्थ्य क्षेत्रको विकास र स्तरउन्नतीको लागि विनियोजन गर्दै आएको छ । तर उपचारको लागि भने गम्भीर र प्राणघातक रोगका विरामीले खेप्नुपर्ने सास्तीको अन्त्य हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.