प्रतिनिधिसभा बैठक आइतवारसम्म स्थगित

काठमाडौँ- सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने  मुछिएको भन्दै नेपाली कांग्रेसको प्रतिनिधि सभा बैठकमा विरोध गरेपछि बैठक आइतावार सम्मका लागि स्थगित भएको छ ।

बैठकमा बोल्दै नेपाली काँग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी पीडक भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्न माग राख्दै उभिएर बैठक अवरोध गरेका थिए ।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कुनै पनि मन्त्री अनुसन्धानको दायरामा छ भने त्यस्तो मन्त्रीलाई पदमा बस्ने हक नहुने मान्यता स्थापित भएको बताउँदै यस विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने आफ्नो दलको माग रहेको बताउनु भयो ।

लेखकको उक्त भनाई पछि कांग्रेस सांसदहरुले उभिएर विरोध गर्नु भएको थियो । केही वेरका लागि स्थगित भएको बैठक दोस्रो पटक बसेपनि कांग्रेस सांसदहरुले  प्रधानमन्त्रीको जवाफ नआएसम्म अवरोध जारी रहने अडान लिएर विरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले आइतबार ११ बजे सम्मका लागि बैठक स्थगित भएको हो ।

आजको बैठकमा गृहमन्त्रीले राजनीतिकदल सम्बन्धि विधेयक पेस गर्ने र आगामी  बजेटका प्रथामिकतामाथि छलफलको कार्यसूची राखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.