गोठमा आगलागी हुँदा १५ वटा बाख्रा तथा दुई दर्जन कुखुर जलेर नष्ट

स्याङ्जा- स्याङजाको चापाकोट नगरपालिका वडा नं ५ सिमस्थित सोम बहादुर आलेको गोठमा मंगलवार बिहान आगोलागी हुँदा गोठ तथा कुखुरा फार्म पूर्णरुपमा जलेर नस्ट भएको छ ।
करिब बिहान ५ बजेको समयमा गोठमा आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिय । स्थानीय र प्रहरीको प्रयासमा एक घन्टापछि आगो नियन्त्रणमा आएको स्थानीय गोपिकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
बिहान गोठमा बस्तुभाउलाई कुँडो पकाउन आगो सल्काउँदा सुकेको पातमा सल्किएको आगोका कारण गोठ पूर्णरुपमा जलेको छ । आगोलागीका कारण खोरमा भएका १५ वटा बाख्रा तथा दुर्ई दर्जन भन्दा बढी कुखुरा समेत जलेर नष्ट भएको छ । घटनाको क्षती सम्बन्धमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्