न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल प्रदेशमै तेस्रो

गुल्मी- स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ ।
आर्थिक वर्ष ०८०-०८१ सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेका १२ जिल्लाका अस्पताल मध्ये गुल्मी अस्पताल तेस्रो भएको हो । अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा सवास्थ्य तथा जनसंख्य मन्त्रालयबाट प्रमुख अस्पताल नर्शिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ सहितको टोलिले मुल्याङकन गरेको थियो ।
अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मुल्याङकन गर्दा विगतमा भन्दा थप उपलब्धी पाएको श्रेष्ठले बताउनुभयो । गत वर्षको मूल्याङनमा पनि गुल्मी अस्पताल ८९ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो ।
तर यशवर्ष अंक बृद्धि ९१ प्रतिशत ल्याएको छ । यसरी अस्पतालले सेवाप्रवाहलाई थप स्तरीय बनाउन तर्फ लागेको संकेत प्राप्त मुल्याङकनको नतिजाले उल्लेख गरेको छ ।
यो उपलब्धी प्राप्त गर्न सबैको सहयोगबाट यश अवस्थामा आउन सफल भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले बताउनुभयो । अस्पतालको भौतिक संरचनाको अभावले गर्दा उत्कृष्ट सेवाप्रवाहमा समस्या रहेको बञ्जाडेले बताउनुभयो ।
उहाँले अब गुल्मी अस्पताललाई थप उचाईमा पुर्याउनका लागि मुख्य गरिभौतिक संरचनाको कमी रहेको बताउनुभयो । मूल्याङकन नतिजा प्रकाशन कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले पछिल्लो समय गुल्मी अस्पतालले गरेको प्रगतीको प्रशंसा गर्नुभयो ।
उहाँले यस अस्पतालको बन्दै गरेको भवन सम्पन्न सबैको चासो रहेको उल्लखे गर्नुभयो । गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलाइसिस सेवा लगायतका बिशेष डक्टरहरु सहितका सेवा बिस्तार भएका छन् ।
अस्पतालको प्रत्येक वर्षमा न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन गरिदै आएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्याले बताउनुभयो । न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन आधारमा अस्पताल कुन अवस्थामा छ भन्ने आधार तय हुने अर्यालको भनाइ छ ।
न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन सार्वजनिक कार्यक्रमा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पताल मेरो अस्पताल भन्ने भावनाका साथ अस्पतालका सेवा विकास हुँदै गएको बताउनुभयो । अस्पताललाई प्रथम स्थानसम्म पुर्याउने उदेश्यले नगरपालिकाले सहयोग र साथ गर्ने नगरप्रमुख पन्थीले प्रतिबद्धता गर्नुभयो ।
गुल्मी अस्पताल प्रदेशमै तेस्रो स्थानमा हुनु जिल्ला वासीका लागि खुसीको कुरा रहेको जिल्ला समन्य समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताउनुभयो । गुल्मी अस्पतालले गरेको प्रगतीले जिल्लावासीलाई सेवाप्रवाह ठिक छ भन्ने शन्दे दिएको उहाँले बताउनुभयो ।
भौतिक संरचना अभावका बिचमा पनि अस्पताल तेस्रो स्थानमा ल्याउन निरन्तर खटिने स्वास्थ्य कर्मीको खटाइले प्राप्त उपलब्धीलाई जोगाइराख्न थप चुनौतिपनि थपिएको अस्पातल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ ।
अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ । ०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् ।
आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ । भवन निर्माणको काम भने सुस्त गतिमा भइरहेकाले तोकिएको समयमै सम्पन्न नहुने देखिन्छ ।
गुल्मी अस्पतालमा अहिले प्रसुती र हाडजोर्नी बिशेषज्ञ सेवा बिस्तारले सयौं बिरामीहरुले सहजरुपमा सेवा लिन पाएका छन् । पहिले पहाडी जिल्लाहरुमा बिशेषज्ञ डक्टरहरु दरबन्दी भएपनि आउन नमान्ने भएकाले सेवाग्रहीले बिशेषज्ञ सेवा लिन समस्या हुने गरेको थियो ।
न्यूनतम सेवा मापदण्ड मूल्याङकन सार्वजनिक कार्यक्रममा अस्पतालका विभिन्न सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । अस्पतालमा दिर्घ सेवा दिएका कार्यालय सहयोगी देवबहादुर बस्नेत सम्मान गरेको थियो ।
त्यस्तै अस्पतालमा उत्कृष सेवा प्रदान गर्ने हाडजोर्नी तथा नसा रोग बिषेशज्ञ डक्टर प्रदिप सिवाकोटी, स्टाफ नर्स बिन्दु बिश्वकर्मा, सिनयिर अहेब रमेशप्रसाद पन्थीलाई सम्मान गरिएको थियो । त्यस्तै रेसुङ्गा नगरपालिकाबाट स्पतालका लागि विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीलाई पनि सम्मान गरिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्