काँग्रेसलाई ओलीको जवाफ,संसदीय छानविन समिति आवश्यक छैन  

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन हुन नसक्ने बताउनु भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडानप्रति अध्यक्ष ओलीको यस्तो धाराणा आएको हो ।

संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले प्रतिशोधपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो ।

यसैगरी, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको प्रतिकृया दिनुभएको छ । आज संसद बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कांग्रेसले सामान्य उजुरीमा नै संसदीय छानबिन माग गरेर गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गर्नुभयो ।

यता, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भने गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झुटो भएको प्रतिकृया दिनुभएको छ ।

आज संसद भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा बोलेको कुरामा सत्यता नभएको उल्लेख गर्नुभयो ।

उहाँले आफुमाथि प्रश्नचिन्ह खडा भएपनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजिनामा दिनुपर्ने धारणा राख्नुभयो । कोइरालाले छानविन समितिको मागमा कांग्रेस अडिक रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.