सुनसरीमा एक महिलाको हत्या

सुनसरी- सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको जङ्खल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानवाट महिला धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका एक व्यक्तिले युवतिको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए ।

मृतकको घाँटीमा गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । अन्तै हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी घटनको विस्तृत अनुसन्धान गरिरहेको सुनसरी प्रहरी प्रमुख एस्पी विपिन रेग्मीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.