म्याग्दीकाे अन्नपूर्णका ४ सय घरमा शुद्ध खानेपानी

म्याग्दी- रिना बुद्धुजा अहिले आफ्नै घरको आगनको धारामा २४ सै घण्टा पानि आउँदा खुशी देखिनुहुन्छ । केही दिनअघि सफा खानेपानी लिनका लागि ३० मिनेटको बाटो हिडेर तल जानुपर्ने, आउदा उकालो हुने भएकाले करिब ४५ मिनेट लागेको उहाँ बताउनुहुन्छ । ‘शुद्ध खानेपानी नहुदा बच्चाहरु बिमारी हुन्थ्ये, त्यही पानि पनि हिउँदमा सुक्ने बर्षादमा लेदो आउने गर्छ ।’ बुद्धुजाले भन्नुभयो– ‘९१ दिनमा नै घरमा शुद्ध खानेपानि आएको छ ।’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिबाङकी रिना मात्र होईन । गाउँपालिकाका विभिन्न वडाका करिब चार सय घरपरिवारमा शुद्ध खानेपानी धारा जडान गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा पालिकाका तिन वडाका ३८७ घरपरिवारमा शुद्ध खानेपानी जडान गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ खिबाङमा कुल एक करोड एक लाख लागतमा निर्माण भएको खानेपानी आयोजनाको दुई ठाउँमा इन्टेक, विभिन्न ठाउँमा सात वटा रिर्जभ ट्याङ्की बनाईएको खिबाङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष जयराम बिकले बताउनुभयो ।
गाउँदेखि ६ किलोमिटर टाढाको मुहानबाट लिईएको खानेपानी आयोजनाका लागि ७३ लाख ट्रष्टको लगानी र ३१ लख समुदायको जनश्रमदान गर्ने गरी २०८० मंसिर १६ गतेदेखि सुरुभई फागुन ३० मा सम्पन्न भएको हो ।

गाउँमा निर्माण गरिएका १४२ धारा मध्ये १३६ घरपरिवारका लागि र अन्य धारा सामुदायिक स्थानमा राखिएको बिकले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ६ खिबाङ,४ को पटार,छेम्दी ३ को दाना बजार,दवाडी र काभ्रेमा निर्माण भएको खानेपानी योजनाबाट करिब एकहजार नौंसय जनसंख्या लाभान्वित भएको गोर्खा वेल्फेर ट्रष्टका कन्ट्रक्सन इन्जिनियर लिला पुन शेरचनले जानकारी दिनुभयो ।
वडा नं. ४ छेम्दीमा कुल ६४ लाखमा सम्पन्न भएको आयोजनामा ४२ लाख ट्रष्ट र २२ लाख जनश्रमदानमा ७२ वटा धारा निर्माण गरिएको छ । खानेपानी आयोजनाबाट ३१० जना लाभान्वित भएको शेरचनले बताउनुभयो । वडा नं. ३ काभ्रेमा ४३ लाख ट्रष्टको २२ लाख समुदायको श्रमदान गरी ६५ लाखमा निर्माण गरिएको ७५ वटा धाराबाट ३५३ जनाले शुद्ध खानेपानी पाएका छन् ।
साथै आगमी आर्थिक वर्षमा वडा नम्बर ४ नारच्याङमा दुईवटा खानेपानी योजना संचालन गरिने उहाँले जानकारी दिनुभयो । नारच्याङको बेसी र लेखगाउँमा संचालन गरिने योजनाका लागि एक करोड १५ लाख रुपियाँ गोर्खा वेल्फेर ट्रष्टले खर्च गर्ने छ । उहाँका अनुसार यी योजनाहरुमा करिब दुई करोड ४१ लाख खर्च भएको छ ।
साथै आगमी आर्थिक वर्षमा वडा नम्बर ४ नारच्याङमा दुईवटा खानेपानी योजना संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

नारच्याङको बेसी र लेखगाउँमा संचालन गरिने योजनाका लागि एक करोड १५ लाख रुपियाँ गोर्खा वेल्फेर ट्रष्टले खर्च गर्ने छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रमका निर्देशक दिपक कुमार श्रेष्ठले ेपालको कुल जनसंख्या मध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका ३ प्रतिशत जनसंख्यामा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा निर्माण भएका खानेपानीको पहुँच पुगेको बताउनुभयो । उहाँले ५१ जिल्लामा २ हजार ३८० वटा खानेपानी योजनाहरु निर्माण गरी ३ प्रतिशत जनसंख्यामा खानेपानी सेवाको पहुँच पु¥याउन सफल भएको जानकारी गराउनुभयो ।
गाउँपालिका भित्रका जनतालाई स्वच्छ र शुद्ध खानेपानीको पहुँचमा पुराउन पालिकाले चालु आर्थिक बर्षमा ३० लाख बजेट समेत विनियोजन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

पालिकाले विभिन्न संघ संस्थाहरुको सहयोगमा समेत खानेपानी आयोजना संचालन गरी एक घर एक धारा निर्माण गरिएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.