बजेटले सबै क्षेत्रलाई सम्बोधन गर्छ : अर्थमन्त्री पुन
काठमाडौँ- अर्थमन्त्री बर्षमान पुनले आगामी बजेटले आर्थिक विकास महत्व दिँदै सबै क्षेत्रको सम्बोधन गर्ने बताउनु भएको छ ।
विहीवार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटका प्राथमिकता र सिद्धान्तबारे जानकारी गराउँदै मन्त्री पुनले गरिवी निवारण, रोजगारी बृद्धि, सुलभ स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच रहने गरी बजेट निर्माण हुने जानकारी गराउनु भएको हो ।
आर्थिक बृद्धिलाई मध्यनजर गर्दै पर्यटन, कृषि, जलस्रोत तथा आइटी क्षेत्रको विकासलाई बजेटले बिशेष प्राथमिकतामा राख्ने उहाको भनाइ थियो ।
यसैगरी, मन्त्री पुनले कृषि क्षेत्रको आन्तरिक उत्पादनमा बृद्धि गरी बजारीकरण गर्ने, उर्जा तथा आइटी सेवा निर्यातलाई विशेष जोड दिने पनि वताउनुभयो ।
यस अघिका महत्वपुर्ण आयोजनहरुलाई अगाडि बढाउने पनि उहाँको भनाइ थियो ।
बैठकमा सांसदहरुले सरकारले बजेट सार्वजनिक गर्ने तर पूँजिगत खर्च गर्न नसक्ने विगतका परम्परा हटाउनुपर्ने सुझाव राख्नु भएको थियो ।
आयोजनाहरु घोषणा गर्ने तर सरकार तथा अर्थमन्त्री परिवर्तन हुँदा ती सबै आयोजनाहरु अलपत्र पार्ने काम अवको सरकारले गर्न नहुने सांसदहरुको सुझाव थियो ।।
प्रतिक्रिया राख्नुहोस्