सामान्य वर्षाले नै भक्तपुरको सवारी आवागमनमा समस्या
भक्तपुर- वर्षका कारण भक्तपुरमा सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक साँगा जोड्ने यो सडक अवरुद्ध भएको हो ।
वर्षाले सडक कटान गरेपछि सवारी आवागमन अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित यो सडकको बीच भाग भाँसिएको छ । सडक भाँसिदा दायाँ बाँयाबाट सवारी आवागमन गराइएको छ ।
अहिले सल्लाघारी, व्यासीहुँदै कमलविनायक जोड्ने सडक वैकल्पिक मार्गका रुपमा प्रयोग गरिएको प्रहरीले जनाएको छ । ढल पनि सडकमा नै मिसिदा भत्किएको ठाउँमा झन कटान गरेको छ । जसका कारण पैदल यात्रुलाई हिँड्नसमेत समस्या भएको छ ।
कटान भएको ठाउँमा डोजर चलाएर सवारीसाधन चल्न सक्ने बनाईंदै छ । विधुतको भूमिगत तार विच्छाउने कार्य चलिरहेकाले पनि पानीले उक्त ठाउँमा क्षेती पुगेको स्थानीयले बताएका छन् ।
आवत जावतमा अहिले भने केही सहज भएको अवस्था छ । सुर्यविनायक साँगा हुदै विभिन्न गाउँ जोड्ने कच्ची सडकको अवस्था पनि विग्रीएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्