महरा र चौधरीलाई छुट्टा छुट्टै बयान : सिआईबी प्रवक्ता वोगटी


काठमाडौँ- सुन प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान लिनेक्रम सकिएको छ ।

महरासँगै बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीको पनि बयान लिने काम सकिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले ३३ किलो सुन काण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण वहादुर महरा र बाँसवारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद एवं उद्योगीपति विनोद चौधरीसँग छुट्टा छुट्टै बयान लिएको हो ।

चार दिनको म्याद थप गरेर बुधबार र विहिबार दुईदिन महराको र सांसद तथा उद्योगी चौधरीको जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको हो ।

बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय माइतिघर पुग्नुभएका चौधरीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका अधिकृत र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता खडिन्द्र राज कटुवालको रोहबरमा आफ्नो बयान दिनुभएको हो ।

बयानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैं सांसद चौधरीले एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मीको हैसियतमा कानुनलाई सघाउन बयानका लागि स्वयम् आफु कानुन समक्ष उपस्थित भएको बताउनु भएको थियो ।

सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको समेत उहाँले आरोप लगाउनुभयो ।
चौधरीलाई आवश्यक परेमा जतिखेर पनि बयानका लागि बोलाइने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यता अदालतले दिएको म्याद सकिएसंगै थप अनुसन्धानको प्रक्रिया अगाडि बढाउन महरालाई जिल्ला अदालत समक्ष शुक्रबार हाजिर गराईने जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

सुन प्रकरणका आरोपी महरा र जग्गा प्रकरणका आरोपी चौधरीको बयान टुंग्गिएपनि अनुसन्धानको काम भने निरन्तर जारी रहेको जिल्ला न्यायाधीवक्ता खडिन्द्र राज कटुवालले जानकारी दिनुभयो ।

बासबारी जग्गा प्रकरणमा उद्योगपती अरुण चौधरीलाई बाहिर बसेर नै मुद्धा लड्न पाउनेगरी अदालतले यसअघि नै छुटकारा दिएको छ ।

अर्का उद्योगपती बसन्त चौधरीलाई पनि सिआइवीले यसअघि नै केरकार गरेको स्रोतले जनाएको छ ।

यता, सुन कान्डमा जाँचबुझ आयोगको प्रतिवेदनलाई पूरक अभियोजन गर्ने गरी गृहमन्त्रालयले काम अगाडि बढाएको छ ।

सोहि बमोजिम यो प्रकरणमा तिव्र रुपमा अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको नाम जोडिएको छ ।

यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् ।

राहुल हाल पुर्पक्षमा थुनामा छन् । उता, बाँसबारी जग्गा कान्डमा आरोपित चौधरीको बयान सकिएसंगै अव तत्कालिन अवस्थामा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी सघाउने तत्कालिन मालपोत कार्यालयका कर्मचारीहरुमाथि अनुसन्धान अगाडि बढ्ने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.