मिटरब्याज सम्बन्धी अध्ययन गर्न आयोग गठन गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको हिजो बसेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । जसमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहनुभएको छ ।
सो आयोगलाई ३ महिनाभित्र प्रतिवेदन पेश गर्न समयसीमा निर्धारण गरिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्