कोका-कोलाको ’द लार्जेस्ट मोमो पार्टी’ गिनिज वर्ल्ड रेकर्डमा
काठमाडौं- कोका-कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ ।
काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ’द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको जानकारी दिएको छ ।
कोका-कोलाले ५०० जना भन्दा बढी सहभागीहरूका साथ यो कार्यक्रम सम्पन्न गरेको थियो ।
प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा सहभागी थिए ।
१५ मिनेट चलेको कार्यक्रममा सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए ।
यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको र यसका लागि कोका–कोला सदैब तत्पर रहेको नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले बताउनुभयो ।
कोका-कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्ने तथ्यलाई यो कार्यक्रमले पुष्टि गरेको कालियाको भनाइ थियो ।
यसबाहेक, कोका–कोलाले विश्वभरका फूड लभरहरूलाई मोहित गर्ने प्रिय डम्प्लिङ डिश मोमोको साथमा छनौट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको उहाँले बताउनुभयो ।
साथै, कोक र मोमो रमाइलो मात्र नभएर संस्कृतिको संयोजनको प्रतीक पनि भएको भनाइ आयोजकको थियो ।
कोका-कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा, यो गिनिज वल्र्ड रेकर्ड उपाधिले कोका-कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको दावी कम्पनीले गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्