लिलामीमा ढिलाई हुँदा बर्दघाटमा लाखौँका काठ र दाउरा कुहिंदै

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाटस्थीत पुर्व-पश्चिम राजमार्ग किनारामा घाटगद्धि (थुपारिएका) गरिएका झन्डै एक करोड बराबरको काठ दाउरा कुहिन थालेको छ ।

समयमै लिलामी नहुँदा बर्दघाट सर्दि १ सय ३२ केभि प्रशारण लाइन विस्तारको क्रममा काटिएका काठ कुहिन थालेको हो । ७ हजार ७ सय ५२ क्युफिट काठ र २६ चट्टा दाउरा दुई वर्षदेखि बर्दघाट सरावल सव डिभिजन कार्यालय परिसरमा घाटगद्धि गरिएपनि अझै लिलामी भएको छैन ।

सव-डिभिजन कार्यालयका निमित्त वन अधिकृत चिन बहादुर यादवले काठ कटानको क्रममा पनि एकिन विवरण नभएको र पछि घाटगद्धि गर्ने क्रममा पनि प्राविधिकहरुले ढिलाई गर्दा समस्या भएको बताउनुभयो ।

घाटगद्धिमा ठेकेदारले दिएको विवरण अनुसार रुजु गर्नुपर्ने भएकाले पनि लिलामीको काममा ढिलाई भएको यादवको भनाई छ ।

‘ठेकेदारले केहि काठ ल्याएर घाटगद्धि गर्‍यो, अन्तिममा तीन सय रुख काट्न बाँकि छ भनिएपनि ती रुख नकाटिएका कारण पनि एकिन नापजाँचमा ढिलाई भएको हो, यादवले भन्नुभयो ।’ काठ दाउरा लिलामीको अधिकार भने डिभिजन वन कार्यालय परासीलाई मात्रै छ ।

डिभिजन वन कार्यालय परासीले लिलामीको स्वीकृतिका लागी वन निर्देशनालय बुटवलमा पत्राचार गरिसकेको जनाएको छ । ठेकेदारले समयमै सहि विवरण सहित हस्तान्तरण नगर्दा लिलामी प्रक्रियामा ढिलाई भएको डिभिजन वन कार्यालय परासीका वन अधिकृत मेघनाथ काफ्लेले बताउनुभयो ।

साल, खयर लगायत जातका काठ समयमै लिलामी नहुदा कुहिन थालेपछि विक्रि मुल्य पनि घट्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.