घाँटीमा अण्डा अड्किंदा….
ओखलढुङ्गा- ओखलढुङ्गामा घाँटीमा अण्डा अड्केयर एक जनाको मृत्यु गएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका-२ रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो ।
बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्कियर श्वास फेर्न नसकेपछि भुलेलको मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो ।
भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्