हुम्लामा ६ वर्षमा सवारी दुर्घटनामा २३ जनाको मृत्यु

हुम्ला- गत शनिबार दिउँसो हुम्लाको अदानचुली गाउँपालिका केन्द्र श्रीनगरबाट छुटेको सु.प ०१००१ ज ११८३ बोलेरो जीप अदानचुली गाउँपालिका चारको पम्समा दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो ।
दुर्घटनाको कारण जीपको ब्रेक फेल भएको पाइएको छ । राष्ट्रिय सडक सञ्जालन जोडिदैँ हुम्लामा कहालीलाग्दो श्रङखलाबद्ध एक घटना मात्रै हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको तथ्याङ्क अनुसार हुम्लामा ६ वर्षमा सडक दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७३-७४ मा टयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७५- ७६ मा जेसीबीले बाटो खन्ने क्रममा एक जना र ०७६ सालकै असार तीन गते जीप दुर्घटनामा परी दुइजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
आर्थिक वर्ष ०७६-७७मा टिप्पर दुर्घटनामा परी ३ जना पुरुष १ जना महिला र आर्थिक वर्ष ०७६-७७ मै टिप्पर दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाप्रहरी निरिक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ७७-७८ मा जिप दुर्घटना हुँदा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७८-०७९ माजीप दुर्घटनामा एक पुरुषको मृत्यु भएको ०७९- ८० जीप दुर्घटनामा एक पुरुषको मृत्यु भएको प्रहरी निरिक्षक चन्दले बताउनुभयो । यस्तै गरी ०८०-८१ मा जेसीबी दुर्घटना हुँदा एक जना र जीप दुर्घटनामा दुइ जनाको मृत्यु भएको प्रहरी निरिक्षक चन्दको भनाई छ ।
प्रहरी निरिक्षक चन्दकाअनुसार ६ वर्षको अवधिमा हुम्लमा १७ जना पुरुष र ६ जना महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएको बताउनुभयो ।

०७६ साल असारमा जीप दुर्घटना भएर कर्णाली नदी खसेपछि चार जना पुरुष र दुइ जना महिला हालसम्म फेला नपरेको चन्दको भनाई छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.