शैक्षिक गुणस्तर वृद्धिका लागि सामुदायिक विद्यालयको सुधार आवश्यक: मन्त्री शर्मा

दाङ- सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ ।

दाङको घोराहीस्थित जन जागृति र जयशेर माबिमा खेलकुद सामग्री सहयोग कार्यक्रममा मन्त्री शर्माले विद्यालयमा पठनपाठनको अवस्था, नियमित मुल्यांकन, अनुगमन, आवश्यकता अनुसारको अध्ययन अध्यापनमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजनाका साथ यसवर्ष सरकारले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्या‍उने काम गरिरहेको बताउनुभयो ।

उहाँले विद्यार्थीको मुल्यांकन कापी र किताबका पानामा भन्दा बढी क्षमता, रुचि, प्रस्तुतिलाई ध्यान दिन आग्रह गर्नुभयो । सबै विद्यार्थी सबैमा उत्कृष्ट नहुने भन्दै यसका लागी उनीहरुको क्षमता र र चाहना अनुसार प्रेरणा, पठनपाठनमा विशेष सहयोग र उसलाई पटक पटक हौसला दिइरहन आवश्यक रहेको बताउनुभयो ।

समाजमा मर्यादाका साथ जीवनयापन गर्ने योग्यता आचरण र उपयुक्त व्यवहार विद्यालयबाट नै सिकाइने भएकाले प्रत्येक समुदायको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहने मन्त्री शर्माको भनाई थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.