दुर्घटना न्यूनिकरणमा राडार गन उपयोगी

भक्तपुर- तीव्रगति नियन्त्रण र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले राजमार्गमा दैनिकजसो राडर गनमार्फत चेकिङ्ग थालेको छ । सडक दुर्घटना बढ्दै गएपछि कारण खोज्दै त्यसको न्यूनिकरणका लागि राडर गन ट्राफिकका लागि सहयोगी मात्रै होइन, उपयोगी समेत सावित भएको छ ।

साँघुरा सडक त्यसमा पनि हाल सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्यले तीब्रता पाएको छ । अनियन्त्रित गतिमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम् पनि बढिरहेको छ । यति मात्रै होइन, धेरैले अकालमा ज्यान समेत गुमाउनु परेको अवस्था छ ।

यसको निराकरणका लागि भक्तपुर ट्राफिकले राडार गन अर्थात गति मापन यन्त्रले सवारी साधनको गति मापनलाई तीब्रता दिएको छ । कति चालकलाई गतिको बारेमासमेत थाहा नभएको हुनाले अभियान नै चलाउनु परेको काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेल बताउँनु हुन्छ ।

सडक नियमको उलंघन गर्ने र गल्ती गर्ने सवारी चालकलाई धमाधम कारबाही गर्न थालेपछि अहिले सडक दुर्घटना कम भएको ट्राफिकको भनाइ छ । ८० प्रतिशत दुर्घटना तीब्र गतिकै कारण हुने गरेको प्रहरीको भनाइ छ । राडार गन प्रयोगले बाटो हिड्ने बटुवालाई समेत सहज भएको स्थानीयको भनाइ छ ।

अधिकांश दुर्घटना चालकको लापरबाही, मापसे, ट्राफिक नियम उलंघन र तीब्र गतिका कारण भएको तथ्याङकले देखाएको छ । प्रतिघण्टा ६० किलोमिटर हाँक्ने सवारीलाई कारबाही गरिएको छ ।

राडर गन विशेष किसिमको अत्याधुनिक भएकाले तीन सय मिटर पर आएपछि गति मापन गरिने प्रहरीको भनाइ छ । ओभर स्पीडका सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याएको ट्राफिकको भनाइ छ ।

तस्बिर पनि खिच्ने भएकोले तत्काल सप्रमाण कारबाही गर्न सजिलो भएको ड्यूटीमा खटिएका ट्राफिक बताउँछन् । कारबाही परेका मध्ये अधिकांश निजी कारहरु रहेका छन् ।

हालसम्म १४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको, जसमध्ये ५० वटा चार पांग्रे, ९२ वटा मोटरसाइकल र ३ वटा ई स्कुटर रहेको चुनदेवी ट्राफिकको तथ्याङ्क छ । सवारी दुर्घटना चुनौतीको रुपमा लिएको भक्तपुर ट्राफिकले न्यूनिकरणका लागि विभिन्न रणनीति पनि अवलम्बन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.