कोशीमा डुबेर बेपत्ता तीनै बालबालिकाको शव भेटियो

उदयपुर- उदयपुरमा गत चैत ११ गते आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोसी नदिमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका-१४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

बेपत्तामध्ये ९ बर्षिया रिदम मगरको सव हिजो मंगलबार बेलुका घटनास्थल भन्दा एक किलोमीटर तल घिर्लिङ भन्ने ठाउँमा भेटिएको थियो ।

आज बिहान १२ बर्षिया रेखा मगरको शव घटनास्थलदेखि दुई किलोमीटर तल सिम्लेमा फेला परेको थियो भने अर्का बालक १२ बर्षिया लोक बहादुर मगरको शव आज बुधबार दिउँसो सो भन्दा एककिलोमिटर तल फेल परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनु भयो ।

बेपत्ता बालबालिकाको खोजिका लागि सशस्त्र प्रहरी बल नम्बर १ बराहबाहिनी पकलीका प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डको ११ सदस्यीय आधुनिक बोट सहितको गोताखोरको टोरी र नेपाल प्रहरीसँगै स्थानीय वासी खोजतलासमा जुटेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.