नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण

काठमाडौं- नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्रै भएको उर्जा जलस्रोत तथा सिचांई मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट कुल ५ सय ५४ मेगावट आयात गरिने मन्त्रालयको भनाई छ । अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । तर भारतले घटाएर ५ सय ५४ मेगावट भन्दा बढी पठाएको छैन ।

सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन विद्युत खरिद गरिने छ भने उक्त विद्युत प्रतियुनिट साढे ५ रुपैयाँ पर्नेछ ।

अहिले प्रि मनसुन सुरु भइसकेको छ । असार पछि मनसुन सुरु हुने र वर्षा हुने हुँदा स्वदेशकै विद्युत बढी भएर निर्यात गर्नुपर्ने अवस्था हुन्छ । त्यसैले तीन महिना भन्दा बढी विद्युत आयात गर्नु नपर्ने मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.