आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउन देउवाको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मंगलादेबी सिंह फाउण्डेशनद्धारा राजधानीमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै सभापति देउवाले त्यसका लागि महिला नेतृहरुले पनि प्रभावकारी भूमिका निभाउन आग्रह गर्नुभयो ।

सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान उत्कृष्ट दस्तावेजको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पार्टीका सहमहामन्त्री डिना उपाध्याय, महिला संघका अध्यक्ष उषा राउत र फाउण्डेशनका अध्यक्ष सिर्जना सिंह लगाएतले मंगलादेवी सिंह नेपाली राजनीतिको एक मात्र नारीवादी नेता रहेको चित्रण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.