मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक भोलिका लागि सारियो

काठमाडौँ-   कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले  विश्वासको मत लिन आज बस्ने भनिएको प्रदेशसभाको बैठक भोलिका लागि सारिएको छ ।

आज दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्य तालिका थियो।

केन्द्रमा गठबन्धन बीच  कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको छ ।

केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री शर्माले राजीनामा दिनुपर्ने जोड दिदै आएको छ । यता माओवादी केन्द्र संसदमा प्रस्ताव दर्ता भइसकेकाले पहिले विश्वासको मत लिनुपर्ने अडानमा देखिएको छ ।

दुई दलबिचको यहीँ किचलोका बीच मुख्यमन्त्रीले आजको बैठक भोलिलाई सार्न प्रदेश सभालाई आग्रह गरेर पत्र पठाएसँगै संसद सचिवालयले ‘विशेष कारण’ले मंगलबारका लागि तय गरिएको संसद बैठक बस्न नसकेको बताएको छ।

‘मंगलबार दिउँसो तीन बजेका लागि तय गरिएको कर्णाली प्रदेशसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले माननीय सभामुखज्यूले सभाको अर्को बैठक बुधबार दिनको तीन बजे बस्ने गरी निर्धारण गर्नु भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.